जापानबाट आइपुग्यो अष्ट्राजेनेकाको दुई लाख डोज खोप

जापान सरकारले अनुदानमा दिएकाे काेराेनाविरुद्धकाे खाेप अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप नेपाल आइपुगेको छ ।

जापानले नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त खाेप शनिबार बिहान काठमाडौँ आइपुगेको हो ।

कतार एयरलाइन्समार्फत खोप ल्याइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार यसअघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पखाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइने छ ।

यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० खोप नेपाल भित्रिसकेको छ ।

बाँकी खोप भने सोमबारसम्ममा नेपाल आइपुग्ने छ । जापानले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्