Tuesday, September 26, 2023

थप दुई हजार ७५ जनामा कोरोना संक्रमण, ३० जनाकाे मृत्यु

पछिल्लाे २४ घण्टामा नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा देशभर दुई हजार ३८२ संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म छ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।

निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३९ हजार ३२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाकाे मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४८५ पुगेको छ ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्