पोर्तुगलकाे नेपाली कन्सुलर मकर हमालकाे शैक्षिक योग्यतामै गम्भीर प्रश्न

पोर्तुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालको शैक्षिक योग्यतालाई लिएर परराष्ट्र मन्त्रालय काठमाडाैँमा उजुरी परेको छ ।

पोर्तुगलबाट गैरआवसीय नेपाली संघ पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पा, नेकपा एमालेनिकट प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मदन लिम्बू र जनता समाजवादी पार्टीनिकट नेपाली समाज पोर्तुगलका महासचिव ईश्वर पाण्डेले कन्सुलर मकरबहादुर हमाल नेपाल सरकारको अवैतानिक वाणिज्यदूत सम्बन्धी नियामावलीमा तोकिएको शैक्षिक योग्यताका लागि अयोग्य व्यक्ति भएको दाबी गर्दै छानबिन गर्न माग गरेका छन् ।

“वर्तमान पोर्तुगलका लागि नेपाली अबैतानिक वाणिज्यदूत मकरबहादुर हमालज्यू नेपालको अबैतानिक वाणिज्यदूत सम्बन्धी नियमावली २०३९ को पाचौं संशोधन २०७५ को परिच्छेद २ को दफा ३ क मा रहेको अबैतानिक वाणिज्यदूतको योग्यताको उपदफा (ङ) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उतिर्ण गरेको हुनुपर्ने ब्यवस्था बिपरीत नियुक्ति भएको हाम्रो जानकारीमा आएको छ,” उजुरीपत्रमा भनिएकाे छ ।

हमालले कन्सुलरको नियुक्ति लिनका लागि फर्जी शैक्षिक योग्यता पेश गरेको हुनसक्ने गम्भीर आरोप लगाउँदै पत्रमा भनिएकाे छ, “उहाँले अवैतानिक नेपाली वाणिज्यदूतको नियुक्ति लिनका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु फर्जी हुन सक्ने देखिन्छ । तसर्थ, यस सम्बन्धमा उचित छानविन गरी अबिलम्ब कारबाही गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।”

हमाल कन्सुलर नियुक्त भएर काम गर्न थालेको लामो समय भैसकेको छ ।

लामो समय तपाईंहरुले पनि उहाँसँग सहकार्य पनि गर्नुभो तर अनि अहिले आएर किन यस्तो गम्भीर आरोप लगाउने ठाउँमा पुग्नुभो भन्ने प्रश्न गर्दा गैरआवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष सोम शेर्पाले कन्सुलर जस्तो पदमा बसेर सधैं पक्षपाती व्यवहार मात्रै गरेर विवादमा आउन थालेपछि उहाँको सबै कुराहरुलाई गम्भीर रुपमा खोतालिदै जाँदा यो अयोग्यताको बिषय हालै मात्रै पत्ता लागेको बताए ।

पत्रमा भनिएझैँ नेपालको अबैतानिक वाणिज्यदूत सम्बन्धी नियमावली २०३९ को पाचौं संशोधन २०७५ को परिच्छेद २ को दफा ३ (क) को १ मा रहेको अबैतानिक वाणिज्यदूतको योग्यताको उपदफा (ङ) मा “मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तिर्ण गरेको” हुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

तर वर्तमान कन्सुलर हमाललाई नजिकबाट चिन्ने एक व्यक्तिले उनको शैक्षिक योग्यता एसएलसीसम्म मात्रै भएको बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्