बुधबार र बिहीबार देशभर भारी वर्षा हुने

मनसुनी प्रणाली सक्रिय हुँदा आगामी बुधबार र बिहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने अनुमान गरिएकाे हाे ।

मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वरुण पौडेलले बुधबार र बिहीबार उच्च सतर्कता अपनाउन अनुराेध गरे ।

हाल मनसुनी वायु न्यूनचापीय रेखा नेपाल भन्दा बाहिर रहेको छ । केही दिनदेखि स्थानीय वायू सक्रिय रहेका कारणले खण्डबृष्टि हुने पौडेलले बताए ।

आइतबारदेखि मंगलबार रातिसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी प्रणाली असोज १५ गतेसम्म सक्रिय रहने भएकाले अझै भारी वर्ष हुने सम्भावना बढी रहेको महाशाखाले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्