थप एक हजार ९२० जनामा काेराेना संक्रमण, २४ जनाकाे मृत्यु

पछिल्लाे २४ घण्टामा देशभर थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

कूल १२ हजार ५१६ नमूना परीक्षण गर्दा एक हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा नाै हजार ४४३ नमूनाको पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकाे थियाे । जसमध्ये एक हजार ७०२ नमूनाको पीसीआर र २१८ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार २४८ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुकाे संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्