पाेखरामा शनिबार साँझदेखि परिरहेकाे पानी अझै राेकिएकाे छैन । यही बेला महेन्द्रपुल बजारकाे सडक भासिएको छ ।

पाेखराकाे रेडियाे अन्नपूर्णमा कार्यरत सञ्चारकर्मी सञ्जय मल्लका अनुसार महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिकाे सडक भासिएकाे हाे ।

सडकमा एउटा पहेलाे रंगकाे गाडी पार्किङ गरिएकाे थियाे । तर साे ठाउँकाे सडक भासिन थालेपछि गाडी हटाइएकाे थियाे ।

सडक भासिन थालेकाे बेला साेही ठाउँमा रहेका मल्लले याे खबर पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालयमा पुर्याएका थिए ।

सडक भासिएको ठाउँमा एउटा बिजुलीको पोल परेको छ । पोल गाडिएकै ठाउँमा सडक भासिएको हो । दुर्घटना हुन नदिन प्रहरीले हिजाे राति नै भासिएको खाडल पुरेको छ ।

पाेखराकाे भूबनाेट निकै जाेखिमपूर्ण रहेकाे विज्ञहरुले बताएका छन् ।

तस्बिरः सञ्जय मल्ल

Please enter your comment!
Please enter your name here