दिदीमाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

गोरखामा सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मंगलबार सिरानचोक गाउँपालिकाबाट ३२ वर्षीय दिदीलाई करणी गरेको आरोपमा २६ बर्षीय भाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

युवकमाथि गत सोमबार (साउन ७) गते दिदीलाई आफ्नै घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

पीडित भनिएकी महिलाले घटना भएलगत्तै श्रीमान्, जेठानीलगायत घरका अन्य सदस्यलाई बताएपछि आरोपित भागेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले दिएको उजुरीका आधारमा मंगलबार राति सिरानचोकमा नै आफन्तको घरमा लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।

डिएसपी दाहालकाअनुसार आरोपितमाथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट बुधवार ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्