तिब्बतमा ७० वर्षयता चीनले गरेको विकास

चीनले स्वशासित क्षेत्र तिब्बतमा बितेको ७० वर्षमा धेरै ठुलो विकास गरेको छ ।

हाल तिब्बतमा भएको आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई लिएर चीनले ‘तिम्बत–आर्थिक तथा सामाजिक विकासमा ७० वर्ष’ कार्यक्रम चलाइरहेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार अहिले तिब्बतमा नौ लाख ९८ हजार आठ सय किलोमिटर सडक निर्माण भएको छ ।

यसैगरी तिब्बतलाई १४० वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईमार्गले विश्वसँग जोडिएको छ ।

आर्थिक तथा सामाजिक रुपले पछि रहेको तिब्बत हाल भौतिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा शैक्षिक रुपले विश्वको प्रमुख आकर्षक केन्द्रको रुपमा स्थापित भएको छ ।

तिब्बतको विकासका लागि चीन सरकारले आफ्नाे वित्तीय सहयोग हरेक वर्ष बढाउँदै लगेको छ । र, तिब्बतमा विभिन्न चरणमा ठुलाठुला परियोजनाहरु सञ्चालनमा ल्याइएको छ । जसबाट सो क्षेत्रको दीर्घकालीन विकास र जनताको जीवनस्तर उकास्न सहयोग पुगेको छ ।

चीनले तिब्बतमा विभिन्न परियोजनाहरु सञ्चालन गरी विस्तारै राजमार्ग, रेलवे, हवाई मार्ग र पाइपलाइनबाट बनेको एक व्यापक यातायात नेटवर्क बनाएको छ ।

तिब्बतका सबै प्रशानिक गाउँमा मोबाइल फोनको पहुँच छ । ती गाउँमा इन्टरनेटका लागि अप्टिकल केबल ब्रोडब्याण्ड समेतको कभरेज भएको छ ।

हाल तिब्बतको कृषि, वन, पशुपालन र माछापालनबाट उत्पादनको कूल मूल्य २६४ आरएमभीभन्दा माथि छ ।

आधुनिक औद्योगिक प्रणाली, स्वच्छ उर्जा, सफा पिउने पानी, खेती, पशु उत्पादन प्रशोधन, स्थानीय हस्तशिल्प आदिको विकास गरिएको तिब्बतमा १५ वर्ष मुनिका बालबालिकाहरुको शिक्षामा प्राथमिकता साथ लगानी गरिदैँछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्