टिकटक बनाइरहेकी युवतीकाे लुगा फुकालिदिएर यौन दुर्व्यवहार

पाकिस्तानमा टिकटक भिडियो बनाएको आरोपमा एक महिलामाथि सार्वजनिक स्थानमा यौन दुव्र्यवहार भएको छ । लाहोरको एउटा पार्कमा एक महिलामाथि दुव्र्यवहार भएको हो ।

घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा मानिसहरुको एउटा समूहले लाहोरको एउटा पार्कमा टिकटक भिडियो बनाइरहेकी ती महिलालाई लछारपछार गरी लुगा फुकालिदिएको देखाइएको छ ।

भीडले ती युवतीलाई आफ्ना साथीबाट अलग गरेर उनका गहन, पैसा, मोबाइल फोन लुटेर भुईमा फालिदिएको थियो । त्यसपछि लुगा खोलेर युवतीलाई दुव्र्यबहार गरिएको थियो ।

प्रहरीले आक्रमणमा संलग्न ४० जनाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य ६६ जनाको खोजी भइरहेकाे छ ।

दुव्र्यवहारबारे चासो नदेखाएको भन्दै दुई प्रहरी अधिकारी निलम्बनमा परेका छन् । आक्रमणको विभिन्न राजनीतिक दलका नेताले निन्दा गरेका छन् ।

पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष विलवाल भुट्टोले घटनाले सम्पूर्ण पाकिस्तानी लज्जित भएको टिप्पणी गरेका छन् । महिलामाथि दुव्र्यवहार गर्ने देशको सूचीमा पाकिस्तान छैटौ स्थानमा पर्छ ।

सन् २०१९ मा गरिएको एक सर्बेक्षणअनुसार पाकिस्तानमा भएका बलात्कारका मुद्दामध्ये जम्मा ३ प्रतिशतको मात्र कानुनी प्रक्रिया पूरा हुन्छ । एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्