प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता  केशव प्रसाद घिमिरेले जानकारी दिए ।

कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्माको कार्यकाल २४ भदौबाट सुरु हुनेछ ।

न्युज कारखाना

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्