ललितपुरको गिम्दीमा खोलाले बगाएर एक महिलाको मृत्यु, एक बालिका बेपत्ता

दक्षिण ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । अर्की एक बालिका बेपत्ता भएकी छन् ।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो ।

वडा नम्बर ७ का अध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए ।

स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउने स्थानीय सञ्जु सिङतान रहेको बताए । बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न नसकेको उनले बताए ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्