करिब ९ कराेड रुपैयाँकाे काेकिनसहित तीनजना विदेशी पक्राउ

प्रहरीले करिब नौ करोड मूल्य बराबरको कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीकाे लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानिया नागरिकलाई काेकिनसहित पक्राउ गरेकाे हाे ।

ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् ।

विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो भने कारोबारमा संलग्न भारतको व्याङ्लाेर विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाट पक्राउ गरेको थियो ।

तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।

अभियुक्तहरू माथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्