किरात राई चाम्लिङ खाम्बातिमले किरात सिरिजंगा लिपि चलाउने, गाउँगाउँमा लिपि पढाउने

चाम्लिङ राईहरुको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिमले अब औपचारिक रुपमै किरात सिरिजंगा लिपि चलाउने भएको छ ।

खाम्बातिमले काठमाडौँमा रहेका भाषिक अभियन्ता तथा संस्कृतिकर्मीहरुलाई भेला गराएर पहिलो चरणको किरात सिरिजंगा लिपि लेखन कार्यशाला समेत गरेकाे छ ।

किरात सिरिजंगा लिपि लेखन कार्यशालाकाे तस्बिर तिलक चाम्लिङबाट

गत भदौ १२ गते गत शनिबार खाम्बातिमका केन्द्रीय पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थितिमा काठमाडाैँकाे काेटेश्वरस्थित किरात राई यायाेक्खामा एकदिने किरात सिरिजंगा लिपि अभिमुखीकरण तालिम सम्पन्न गरिएकाे छ ।

जसमा चाम्लिङ वर्णमाला तथा किराती भाषाहरुको साझा लिपिबारे भाषाविद् डा. तारामणि राईको प्रस्तुति रहेको थियो भने किरात लिपि र यसको औचित्यबारे किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले प्रस्तुति दिएका थिए ।

खाम्बातिमले गाउँगाउँमा गएर किरात सिरिजंगा लिपि पढाउने तयारी समेत गरेकाे छ । तिलक चाम्लिङबाट

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

2 COMMENTS

  1. लिपि चलाउनु राम्रो हो तर चलाउने बहानामा जातिका नाम टाँसेर दुषित पार्नेकाम प्रति हाम्रो आपत्ति छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img