नयाँ अन्नबाली पितृलाई चढाएर मात्र खाने राईहरु [तस्बिर सहित]

पितृ तथा प्रकृति पुजक किरात राईहरुको बस्तीमा चाबुवा/दिवापा/छौवा/न्वागी गर्न थालिएको छ ।

राईहरुमा हरेक वर्ष अन्नबाली तथा खानेकुराहरु पाकेपछि पितृलाई चढाएर मात्र आफूले खाने चलन छ ।

राईहरुको टोल तथा बस्तीहरुमा धामी वा नछुङहरुबाट घरघरमा यो पुजा गरिन्छ ।

तस्बिरः मणि बान्तावा राई

सामान्यतः हरेक वर्ष भदौ महिनामा गरिने यस पुजामा नयाँ फलेको धानको परिकार, पाङ्दुर कोदो र नयाँ (बेछु) अदुवा पितृलाई चढाउने गरिन्छ ।

चाम्लिङ राईहरुले छौवा भनेर गर्ने यस पुजापछि मात्र नयाँ अदुवा खाने गरिन्छ । यस चाडमा बालीनाली लगाउन प्रयोग गरिएका विभिन्न औजारहरुलाई पनि पुज्ने गरिन्छ ।

राईहरुको बस्तीमा स्थानीय धामी र गाउँलेहरुको सरसल्लाह अनुसार भदौ महिनाभित्रमा यो पुजा गर्ने चलन छ ।

तस्बिरः रमेश राई

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्