‘आइडा’ आँधीका कारण अमेरिकामा एकै परिवारका तीन नेपालीकाे मृत्यु

उत्तर-पूर्वी अमेरिकामा आएको ‘आइडा’ आँधीमा परेर एकै परिवारका तीन नेपालीको निधन भएको छ । सामुद्रिक आँधी पछिको वर्षा र डुबानमा परेर न्यूयोर्कमा तीन जना नेपालीको निधन भएको हो ।

आइडाका कारण न्यूयोर्कमा बस्दै आएका नेपाली आङ गेलु लामाको पूरै परिवारको निधन भएको हो । शेर्पा संघ अमेरिकाले सामाजिक सञ्जालमार्फत एकै परिवारको तीन नेपालीको आँधीका परेर निधन भएको जानकारी दिएको हो ।

निधन हुनेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-२ घर भएका हाल न्यूयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।

उनीहरुसँगै आइडा आँधीबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ४५ नाघिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्