किन हजारलाई छोटकरीमा ‘T’ नलेखी ‘K’ लेखिन्छ ? यस्तो छ कारण

हिजोआज हजार अर्थात थाउजेण्डलाई संकेत गर्न छोटकरीमा K लेख्ने गरिन्छ । तपाईलाई लाग्न सक्छ थाउजेण्डलाई संकेत गर्न किन T लेखिदैन ? हामीले १० हजार लेख्न पर्दा 10K लेख्छाैं । तर किन 10T लेख्दैनौ ?

अहिले विश्वभर नै छोटकरीमा लेख्ने प्रचलन बढ्दैछ । प्रायः मानिसहरुले संख्यालाई छोटकरीमा लेख्न थालेका छन् ।

यदि कसैलाई १० हजार वा १० मिलियन लेख्नुपर्यो भने उनीहरु 10K वा 10M लेख्छन् । तर प्रश्न उठ्छ कि यदि मिलियनलाई M ले संकेत गर्ने हो भने हजारलाई T ले किन संकेत नगर्ने ? यस्तो छ रोचक तथ्य ।

‘K’ शब्दको प्रचलन ग्रिक वर्ड ‘Chilioi’ बाट सुरु भएको हो । यसको मतलब हजार हुन्छ । पहिला ग्रिकमा हजारका लागि यसको प्रयोग हुन्थ्यो ।

ग्रिकपछि फ्रेन्चमा यो शब्दको प्रयोग हुन थाल्यो । जुन पछि गएर किलो बनाइयो । त्यसपछि किलोको प्रयोग हजारसँग जोडेर गर्न थालियो ।

त्यसैले कुनै पनि चिजलाई हजारले गुणा गर्नु पर्दा किलोको प्रयोग गर्न थालियो । जस्तै १ हजार ग्रामलाई १ किलो, १ हजार मिटरलाई १ किलोमिटर, १ हजार लिटरलाई १ किलोलिटर आदि । अर्थात १ हजारका लागि किलोको प्रयोग हुन थाल्यो ।

यही कारण किलो नै हजारको प्रतीक बन्यो र किलोलाई के लेख्न थालियो । यही कारण जब हामी १० हजार छोटकरीमा लेख्दा 10K र ५० हजार लेख्दा 50K लेख्छौ । एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्