बाढीका कारण काठमाडाैँमै डुबान

साेमबार बिहानदेखि परेकाे वर्षाका कारण काठमाडाैँकाे बागमती लगायत नदीहरुमा आएकाे बाढीले नदी आसपासका क्षेत्र डुबानमा परेकाे छ ।

बाढीले बागमती नदीकाे शंखमुल, थापाथली, त्रिपुरेश्वर, टेकुदेखि चोभारसम्म नै दुवै किनार डुबानमा परेकाे हाे ।

बल्खुकाे तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजु नेपालटारको तल्लो क्षेत्र र कालिमाटीको तरकारी बजार क्षेत्र समेत डुबानमा परेकाे प्रहरीले जनाएकाे छ ।

बाढीका कारण ३८२ घर डुबानमा परेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्