तालिवानले गरे आठ महिनाकी गर्भवती प्रहरीको हत्या

अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ ।

मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ ।

एउटा स्थानीय जेलमा काम गर्ने नेगार आठ महिनाकी गर्भवती थिइन् । शनिबार तीन जना बन्दूकधारी उनी बसेको घरमा पुगेका थिए । आक्रमणकारीले अरबी भाषा बोलेको साँक्षीले बताएका छन् ।

नेगारलाई तालिवानले शनिबार श्रीमान् र सन्तानकै अगाडि हत्या गरेका थिए । आफन्तले हत्या गरिएको कोठाको भित्तामा लतपतिएको रगतको टाटाको तस्बिर सार्वजनिक गरेका छन् ।

तर, नेगारको हत्यामा आफ्ना लडाकूहरुको संलग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको तालिवानले जनाएको छ ।

तालिवान प्रवक्ता जाबिउल्लाह मुजहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ । उनको हत्यामा तालिवानको संलग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु । यसबारे अनुसन्धान भइरहको छ ।’

पूर्वअफगान सरकारमा काम गर्ने सबै जनालाई आममाफी दिइसकेको उल्लेख गर्दै उनले नेगारको हत्याको कारण व्यक्तिगत दुस्मनी हुन सक्ने बताए ।

१५ अगस्टमा काबुल कब्जामा लिएपछि तालिवानले महिलाप्रति केही सहिष्णु बन्ने घोषणा गरे पनि उनीहरूका गतिविधि झनै पाशविक देखिएको छ ।

लडाकूले महिला हत्याका घटना र अल्पसंख्यकमाथिको दमन बढेको बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्