स्याङ्जामा राति १ बजे गाेरु काट्दै गरेका तीनजना पक्राउ

स्याङ्जामा मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका-८ ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।

आइतबार राति १ बजेतिर जिउँदो गोरु काट्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ ।

आरोपित ३ जनालाइै पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्