मौमसविद्ले भने- तीन दिनमा ठूलो पानी पर्ने सम्भावना छैन

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ ।

घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् ।

न्युज कारखानासँग कुरा गर्दै मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् भारी र अतिभारी वर्षा नहुने बताए  ।

‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक छ ।

शुक्रबार बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्