बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्