ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै

जिल्लामा स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका छन् । निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय खोलिएको हो ।

सिद्धिचरण नगरपालिका, मानेभञ्ज्यांग, चम्पादेवीलगायतका पालिकाले सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा परीक्षा विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

विद्यालयमा भौतिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, विद्यार्थी संख्याको आधारमा जोर विजोर प्रणाली अपनाएर पठन पाठन शुचारु गर्न भनिएको मानेभञ्ज्यांग गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए । ‘सुरक्षा मापदण्ड त अपनाउनै पर्‍यो, सधै विद्यालय बन्द गर्दा बालबच्चा बिग्रेको गुनासो आउन थालेको छ,’ राईले भने ।

विद्यालयमा कक्षा सञ्चालन चुनौतीपूर्ण भए पनि सञ्चालनको विकल्प नभएको स्थानीय तहको निचोड छ । विद्यालय सञ्चालन निकै चूनौतिपूर्ण भएको सिद्धिचरण ७ को विगुटार माविका प्रधानाध्यापक युवराज दाहाल बताउँछन् । स्वास्थ्य सुरक्षा मापदण्ड र स्वास्थ्य सामग्री व्यवस्थापनमा जनशक्ति र खर्च बढ्ने भएकाले स्थानीय तहले यसबारे सोच्नुपर्ने अभिभावक र विद्यालयको भनाइ छ । जोर विजोर कक्षा सञ्चालनदेखि स्वास्थ्य सामग्रीको व्यवस्थापनमा चुनौती बढेको उनीहरुको भनाइ छ ।

जिल्लाका अन्य तहले पनि सूचना निकालेर विद्यालय सञ्चालनको तयारी गर्न परिपत्र गरेका छन् । विद्यालयमा पठन पाठन नहुँदा बालबालिका मोबाइल र टिभीमा झुम्मिने, पठनपाठनमा ध्यान नदिनेजस्ता समस्या भएको भन्दै अभिभावकले विद्यालय सूचारु गर्न माग गर्दै आएका थिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या १ सयभन्दा कम भएपछि निषेधाज्ञा खुलेको छ भने हाटबजार तथा पसलहरुसमेत खुलेपछि विद्यालय पनि सूचारु गरिएको सदरमुकामस्थित सगरमाथा जनता माविका प्रधानाध्यापक डिल्ली कार्की बताउँछन् । विद्यालय शुरु भए पनि जोखिम उच्च रहेको र व्यवस्थापन चुनौतीपूर्ण भएको कार्कीको भनाइ छ ।

क्याम्पस पनि खुले

विद्यालय मात्रै होइन सिद्धिचरण नगरपालिकाभित्र रहेका ३ वटा सामुदायिक क्याम्पसले पनि पठनपाठन शुरु गर्ने तयारी थालेका छन् । सदरमुकामको जिल्लाकै पुरानो क्याम्पस ओखलढुंगा क्याम्पसले एक हप्ता पहिलेबाटै कक्षा सञ्चालन शुरु गरेको छ । अनलाइन कक्षा सञ्चालन गरिरहेको उक्त क्याम्पसले नगरपालिकाले शिक्षण संस्थाहरु भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको, इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरुको अनलाइन कक्षमा पहुँच नभएकाले भौतिक उपस्थितिमै कक्षा प्रभावकारी बनाउन सकिने क्याम्पस प्रमुख सुमन राजभण्डारी बताउँछन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन भने विद्यार्थीलाई चुनौती रहेको उनको अनुभव छ । ‘मास्क लगाउनसमेत बारम्बार सचेत गराउनु पर्छ,’ उनले भने । शैक्षिक संस्था खुलेपछि आवत जावत बढ्ने र कोरोना संक्रमण दर बढ्न सक्ने भएकाले सचेत हुनुपर्नेमा सरोकारवालाको जोड छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्