कालिञ्चोक गाउँपालिकाका ३५६ पहिराेपीडित परिवारलाई राहत वितरण

दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरोपीडितलाई न्यानो कपडा र बल्याङ्केट सहयोग गरिएको छ ।

एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको रानीवन पहिरोका कारण आफ्नो सर्बस्व गुमाएका लापिलाङका ३५६ परिवारलाई बल्याङ्केट र सुईटर एक कार्यक्रमका बिच बितरण गरिएको हाे ।

लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र नेपाल-चीन उद्योग वाणिाज्य संघ सिन्धुपाल्चोक जिल्लाको संयुक्त आयोजनामा ३५६ ब्यालङ्केट, १०८ पिस उनिको सुईटर वितरण गरियाे भने नेपाल-चीन उद्योग वाणिाज्य संघ सिन्धुपाल्चोक जिल्लाको तर्फबाट मास्क ६००० पिस र सेनिटाइजर ६ लिटर वितरण गरियाे ।

अन्तर्राष्ट्रिय डिस्ट्र्क्ट ३२५ ए २ अन्तर्गत पर्ने लायन्स क्लब नेपाल शेर्पाजले स्थापनाकालदेखि नै समाजमा प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, समुदायलाई विभिन्न राहत सहयोग, वातावरण जोगाउ अभियान, मधुमेह युवा सचेतना लगायत थुप्रै सामाजिक कार्यहरुमा अग्रसरता देखाउँदै आइरहेको छ ।

पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका दर्जन बस्तीहरूमा जोखिम सिर्जना भएको भएको पीडित गाउँलेहरु बताउँछन् ।

गाउँलेहरुमा आइपरेको विपत्ति आफै पुगेर देख्दा ज्यादै मर्माहत महसुस गरेको लायन्स क्लब अफ नेपाल शेर्पाजका डिजास्टर रिलिफ सम्योजक जाङ्बु शेर्पा बताउँछन् ।

पहिरोले गर्दा थुप्रै भागहरु कटान निरन्तर भएको र जती सक्दो छिटो बस्तीलाइ सुरक्षित स्थानन्तरणको खाचो रहेको बताउँछन् लायन्स् क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा ।

पीडितहरुको पीडामा थोरै मलमको राहत पुराउन सफल भएकोमा खुशी लागेको भए पनि वस्तुगत स्थितिले आफुलाइ साच्चै पिडाबोध भएको पनि बताउँछन् ।

राहात समग्री लिएर लायन्स क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा, क्लब डाइरेक्टर दावा शेर्पा, उपाध्यक्ष चेङ्गा शेर्पा, डिजास्टर रिलिफ सम्योजक जाङ्ग्बु शेर्पा, वातावरण संरक्षण समयोजक बिरे शेर्पा र डाइबिटिज समयोजक छिरिङ्ग डोल्मा शेर्पा, क्लबका अरु सदस्य लगायतको उपस्तिथि रहेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्