कस्तो छ आजको मौसम ?

नेपालमा पछिल्ला दिनमा ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा हुनेछ ।

महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ।

आइतबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति थोरै स्थानमा पानी पर्ने सम्भावना छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्