मनसुनको प्रभाव क्रमशः घट्दै, थाहा पाउनुहोस् आजको मौसम

नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्ययम वर्षा भने भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार राति भने प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्