खोटाङ जन्तेढुंगाका अर्जुनलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग

खोटाङको जन्तेढुंगा गाउँपालिका-१ देविस्थान पाँडेगाउँका अर्जुन तामाङलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाइएको छ ।

दुबै मिर्गौला फेल भएपछि तीन वर्ष अघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङको मिर्गौला प्रत्यारोपणका लागि कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र विष्टको पहलमा १७ हजार ५ सय सहयोग जुटाइएको हो । मिर्गौला प्रत्यारोपणका लागि तामाङ परिवारले सहयोगको याचना गरेपछि स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट प्राप्त भएको रकम जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका समाजसेवी एवं कांग्रेस क्षेत्रीय प्रतिनिधि लक्ष्मी तामाङले अर्जुनका सासुआमालाई हस्तान्तरण गरेकी छन् ।

अर्जुनको मिर्गौला प्रत्यारोपणका लागि जापानमा रहेका भुवन खड्काबाट ५ हजार, यूएईमा रहेका जनक थापाबाट ३ हजार, कुमार थापाबाट २ हजार, निरोज लामीछानेबाट २ हजार, लक्ष्मी तामाङबाट १ हजार, बाजिन्द्र बिष्टबाट १ हजार, गंगा तामाङबाट १ हजार, तारानाथ भट्टराईबाट १ हजार, सुजन खड्काबाट १ हजार र डाईश्वर कार्कीबाट ५ सय सहयोग जुटाइएको हो । अर्जुनको मर्गौला प्रत्यारोपणका क्रममा कम्तीमा ६ लाख खर्च जुटाउन भनिएपछि सहयोग अभियान चलाइएको कांग्रेसका युवा नेता विष्टले बताए । हाल बेलका नगरपालिका–१ उदयपुर बस्दैआएका ३३ वर्षीय तामाङको केही समयपछि मिर्गौला प्रत्यारोपणको तयारीमा छन् ।

अर्जुनलाई सहयोग गर्न उनकै नाममा कुमारी बैंकमा खोलिएको खाता नम्बर एम १३५०११६७४०१००००१ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ । तामाङलाई सहयोग गर्नका लागि मोबाईल नम्बर ९८४९७८९२२५ मा फोन गर्न सकिने जानकारी दिइएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्