अब सार्वजनिक बिदाको दिन पनि नर्भिककाे ओपीडी खुल्ने

थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन  गरेको थियो ।

अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा समेतओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्