उदयपुरमा एक किशोरीको शंकास्पद मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक किशोरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् ।

ती किशोरी लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।

दिउँसोबाट साँझसम्मै कोठामा सुतिरहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला परेको मृतक किशोरीका मामाका छोरा राजेश चौधरीले बताए ।

परिवारले घटना रहस्यमय रहेको जनाएको छ ।

मृतको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएकाेले घटना रहस्यमय रहेको परिवारको भनाइ छ ।

शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ‍टनाबारे अनुसन्धान थालिएको लाहन प्रहरीले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्