Thursday, September 28, 2023

रुखमा डेरा बनाएर अनलाइन पढ्ने विद्यार्थीलाई उपमेयरको सहयाेग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयाेग गरेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मगरलाई राईले मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गरेकी हुन् ।

रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष रमेश राउतसहित अर्खौले पुगेका थिए ।

महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।

छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताए । हाल उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्