लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ ।

क्याम्पस प्रशासनले कोभिड- १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा पूरै शुल्क लिएको अनेरास्ववियुको आरोप छ ।

विद्यार्थीले आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पूरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

‘लकडाउन अवधिभरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न माग गर्दछौँ । विद्यार्थीहरूबाट शैक्षिक शुल्कबापत लिएको रकम सम्बन्धित अविलम्ब फिर्ता गर्न हाम्रो जोडदार माग छ’, अनेरास्ववियुले भनेको छ ।

आफूहरूको मागलाई बेवास्ता गर्दै विद्यार्थीहरूलाई धम्क्याउने कार्य क्याम्पस प्रशासनबाट भएकाले माग पूरा नहुँदासम्मका लागि तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्