श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।

५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो ।

सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्