काठमाडौं उपत्यकामा बसोबास गर्ने चाम्लिङ राईहरुले शनिबार कोटेश्वरस्थित किरात राई यायोक्खामा भेला भएर सामूहिक रुपमा ‘छौवा’ गरेका छन् । किरात राई चाम्लिङ खाम्बातिमको आयोजनामा छौवा पुजा गरिएको हो ।

चाम्लिङ राईहरुले हरेक वर्ष उधौलीको सुरुवात स्वरुप भदौ वा असोज महिनामा छौवा गर्ने गरेका छन् ।

नयाँ अन्नबाली पाकेपछि पहिले कुलपितृहरुलाई दिएर मात्रै आफूले खाने चलन किरात राईहरुमा छ ।

छौवामा नयाँ अदुवा (बेछु), धान (घैया), कोदो लगायत पाकेको नयाँ बालीको परिकार नछुङद्वारा पहिले पितृहरुलाई चढाउने गरिन्छ ।

राईभित्रका विभिन्न समुदायले अलग अलग नाममा यो पुजा गर्ने गरेका छन् । चाम्लिङ राईहरुले छौवा भन्ने गरेका छन् ।

राष्ट्रिय जनगणनाबारे कार्यक्रम

खाम्बातिमले छौवाकै अवसरमा शनिबार राष्ट्रिय जनगणना २०७८ बारे सचेतना कार्यक्रम समेत गरेको छ ।

खाम्बातिमका अध्यक्ष युवराज राईले सहजीकरण गरेको उक्त कार्यक्रममा किरात राई प्रज्ञा परिषद्का प्रमुख जयकुमार राई, किरात राई यायोक्खाका महासचिव जनक राई, संस्कृतिविद् बयानसिंह राई, समाजसेवी मनिकुमार राई लगायतले जनगणनामा वास्तविक तथ्यांक निकाल्नका लागि गाउँबस्तीमा परिचालित हुनेबारे धारणा राखेका थिए ।

खाम्बातिमका अध्यक्ष युवराज राई

जनगणना सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि सोही कार्यक्रममा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोगको घोषणा समेत गरेका थिए ।

जसमा जम्मा १ लाख ७५ हजार रुपैयाँको प्रतिवद्धता आएको खाम्बातिमको अध्यक्ष युवराज राईले बताए ।

सो क्रममा खाम्बातिमले तयार पारेको जनगणना सम्बन्धी सचेतनामूलक पर्चा तथा पम्प्लेटहरुसमेत संस्थागत प्रतिनिधिहरुलाई आआफ्नाे गाउँमा प्रचार अभियान चलाउनका लागि प्रदान गरिएको थियो ।

छाैवा के हाे ?

Please enter your comment!
Please enter your name here