स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काडमाडौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ ।

कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएका विद्याललाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्रावि विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविमा आयोजित कार्यक्रममा प्रतिष्ठानले नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा र पाथेका मावि तथा नेर्पाका ६ वटा प्राविलाई मास्क, सेनीटाइजर, भलिबल, नेट, डस्टविन, टिटी बल, टिटी सेटलगायत स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ ।

कार्यक्रममा उपस्थित विद्यालयका प्रअहरूलाई १० हजार पिस मास्क, ५ लिटरको २४ जार सेनिटाइजर, २४ थान सानो भलिबल, १२ थान पम्प, ३६ थान डस्टविन, २४ थान टिटी बल, १२ वटा टिटी सेट, पुस्तकलगायत स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

मावि विद्यालयहरूलाई भने थप एक/एक थान भलिबल र नेट प्रदान गरिएको प्रतिष्ठानका सचिव इन्द्रकुमार राईले जानकारी दिए ।

कार्यक्रममा नेर्पाका ज्येष्ठ नागरिक धनप्रसाद पराजुली, कुमारीकृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, वृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई लट्ठी र सानो थर्मससहित सम्मान प्रदान गरिएको छ । न्युज कारखाना

Please enter your comment!
Please enter your name here