Thursday, June 1, 2023

यस वर्षकाे मदन पुरस्कार भगिराज इङ्नामलाई दिइने

यस वर्षकाे मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकका लागि साे पुस्तकका लेखक भगिराज इङ्नामलाई दिइने भएकाे छ ।

मदन पुरस्कार गुठीले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’का लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

गुठीलाई प्राप्त भएका २२२ वटा पुस्तकबाट गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ गरी ९ वटा पुस्तक मदन पुरस्कारका लागि छनौटमा परेका थिए ।

गुठीले छनौटमा परेका ९ वटा पुस्तकमध्ये ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यसैगरी गुठीले नृत्यशास्त्री भैरवबहादुर थापालाई यसवर्षको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्