‘राई’ पृथ्वीनारायण शाहले दिएको पद्वी हुँदै होइन [भिडियोसहित]

किरात राई यायोक्खाका पूर्वसचिव समेत रहेका नेता राजकुमार राईले ‘राई’ पृथ्वीनारायण शाहले दिएको पद्वी भन्ने बुझाइ गलत रहेको बताएका छन् ।

साल्पा अनलाइनसँगको कुराकानीमा उनले भने, ‘एउटा भ्रम के छ भन्दाखेरि पछिल्लो कालमा यो पृथ्वीनारायण शाहले दिएको पद्वी हो, त्यसकारणले जाति होइन भन्ने कुरा गलत हो । किनभने पृथ्वीनारायण राईसँग त प्रत्येग गढीगढीहरुमा राईहरुको ठुलो लडाइँ भएको छ ।’

पहिलो संविधानसभा सदस्य समेत रहेका उनले राई जातिको इतिहास सातौं शताब्दी आसपासदेखि सुरु भएको बताए ।

समाजशास्त्री तथा मानवशास्त्री समेत रहेका उनले अब हुने राष्ट्रिय जनगणनामा राईहरुले जातिमा राई नै लेखाउनुपर्ने बताए ।

बाँकी भिडियोमाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्