जनगणनाकाे प्रमुख पाँच प्रश्नमा यस्तो लेखाउँदैछन् नेवारहरुले !

नेवा देय् दबुले आगामी कात्तिक २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणना–२०७८ मा सोधिने प्रमुख पाँच प्रश्नको उत्तर ध्यान दिएर दिन नेवार समुदायमा सूचना जारी गरेको छ ।

जाति, मातृभाषा, पुर्खाको भाषा, दोस्रो भाषा र धर्मको विषयमा सोधिने प्रश्नमा उत्तर लेख्न सिकाउँदै नेवा देय् दबुले ध्यान दिनका लागि प्रदेश, जिल्ला, पालिका र वडा तहका समिति वा निकायहरुलाई परिपत्र गरेकाे छ ।

जसमा जातिकाे महलमा ‘नेवार’, मातृभाषाको महलमा ‘नेवार’, पुर्खाको भाषामा ‘नेवार’, दोस्रो भाषाको महलमा ‘नजिकको अन्य आदिवासी जनजातिको भाषा’ र धर्मको महलमा ‘आ-आफ्नाे कुल धर्मअनुसार मान्दै आएको धर्म’ लेखाउन अनुरोध गरिएको छ ।

प्रायः नेवार समुदायका व्यक्तिहरुले आफूलाई हिन्दु धर्मावलम्बी भन्ने गरेका छन् ।

केही नेवारहरु बुद्ध धर्म मान्ने गरेका छन् । तर नेवारहरुको जातीय तथा सामाजिक संस्था नेवा देय् दबुले धर्मको बारेमा प्रष्ट अनुरोध गरेको छैन ।

२०६८ सालकाे जनगणनामा नेवारहरु छैटाैं प्रमुख जातिकाे रुपमा देखिएकाे थियाे । जुन बेला नेवारहरुकाे संख्या कुल जनसंख्याकाे ४.९९ प्रतिशत (१३२१९३३) थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्