Thursday, June 1, 2023

काठमाडाैंकाे कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियाे

गत असोज ४ गते काठमाडौंको कपनको मिलनचोकमा पानी परेका बेला ढलमा खरेर बेपत्ता भएका बालकको शव शनिबार राति भेटिएको छ ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा बालकको शव भेटिएको बताए ।

असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेको उनले बताए ।

उनका अनुसार शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्छ ।

शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने र पोष्टमार्टमपछि परिवारलाई दिइने एसएसपी बज्राचार्यले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्