ल्याण्डिङ गियरमा समस्याले विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडाैं फर्किएको बुद्ध एयरको ९ एन एएनआई एटिआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

जहाज आकस्मिक अवतरण गर्ने भएपछि विमानस्थलमा हाइ अलर्ट गरिएको थियो ।

उक्त जहाज काठमाडाैंकाे आकाशमा केही समय हाेल्ड गरिएकाे थियाे । उक्त जहाले आकाशमा झन्डै १० फन्काे लगाएकाे थियाे । जसका कारण जहाजमा भएकाे इन्धन पनि सकिन लागेकाे थियाे ।

तर, उक्त जहाज सुरक्षित अवतरण भएपछि दुर्घटनाकाे संकट टरेकाे छ ।

 

Please enter your comment!
Please enter your name here