Thursday, June 1, 2023

यतिबेला लिम्बूहरुको जनसंख्या घट्ने गरी मौलिकताको कुरा उठाउनु हुन्न : योगराज लिम्बू

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बूले राष्ट्रिय जनगणनाका बेला जनसंख्या घट्ने गरी मौलिकताको कुरा उठाउनु उपयुक्त समय नभएको बताएका छन् ।

हाल १२औं राष्ट्रिय जनगणनाको पूर्वसन्ध्यामा लिम्बू समुदायका केही संस्था तथा व्यक्तिहरुले जाति र मातृभाषामा लिम्बूको सट्टा मौलिक पहिचान झल्किने नाम ‘याक्थुङ’ लेखाउनुपर्ने बताइरहेका बेला उनले जनगणना भइरहेकाे अहिलेकाे समय पहिचान र मौलिकताको खोजी गर्ने उपयुक्त समय नभएको बताएका हुन् ।

यस जनगणनामा जाति र मातृभाषाको महलमा याक्थुङ लेखाउने हो भने लिम्बूहरुको संख्या विभाजित हुने र संख्या कम देखिनासाथ लिम्बूहरुले राज्यसँग लड्ने वा आफ्नो पहिचान स्थापित गर्ने धरातल गुमाउने उनको बुझाइ छ ।

साल्पा अनलाइनसँगको कुराकानीमा उनले जातिको महलमा लिम्बू, मातृभाषा र पुख्र्यौंउली भाषामा लिम्बू, दोस्रो भाषामा नजिकका आदिवासी जनजातिहरुको भाषा र धर्मको महलमा किरात लेखाउन चुम्लुङको तर्फबाट समुदायमा अनुरोध गरिएको बताए ।

सो क्रममा उनले लिम्बू र याक्थुङ उस्तै भएको पनि बताए ।

उनले भने, ‘लिम्बूले आफूले आफूलाई भन्दा याक्थुङ भन्छ । तर अरुसँग घुलमिल गर्दा हामीले लिम्बू भनेर परिचय भन्यौ । लिम्बू पनि आफैमा मौलिक हो, ऐतिहासिक दस्तावेजको रुपमा विकास भएर आएको शब्द हो ।’

बाँकी भिडियोमाः

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्