किरात सिरिजङ्गा लिपि साझा रुपमा प्रयोग हुने अभियानलाई सकारात्मक लिन चुम्लुङकाे आग्रह

किरात याक्थुङ चुम्लुङले ‘किरात सिरिजङ्गा लिपि’लाई साझा रुपमा लेखन पद्धतिमा प्रयोग हुने अभियानलाई सकारात्मक रुपमा लिन आग्रह गरेको छ ।

चुम्लुङका अध्यक्ष योगराज लिम्बूले हिजो एक प्रेस विज्ञप्ति जारी गरी किरात सिरिजङ्गा लिपि लिम्बूबाहेक राई, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायूलगायत समुदायमा पनि प्रचलित हुने अवस्था बनेकोमा त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्न आग्रह गरेका हुन् ।

चुम्लुङसहित चार किरात संस्था रहेको किरात समन्वय समितिले गत माघ १ गते किरात यले संवत्को अवसरमा किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

समितिले नेपालका सबै किराती भाषाहरुलाई समेट्ने गरी लिपि समायोजन गर्ने र सबैले लेखन पद्धतिमा ल्याउने गरी भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदल बनाएको थियो ।

चारै किरात संस्थाका प्रतिनिधि रहेको उक्त कार्यदलले करिब तीन महिना अध्ययन तथा अनुसन्धान गरी ४८ वटा व्यञ्जन र १२ वटा स्वर वर्ण रहेको किरात सिरिजङ्गा लिपिकाे प्रस्तावित संयुक्त वर्णमाला तयार पारेको थियो ।

समितिले उक्त प्रतिवेदन सार्वजनिक गरेपछि लिम्बू समुदायमा विवाद पैदा भएको छ ।

चुम्लुङको विरोध गर्ने नाममा र कार्यदलमा रहेकाहरुलाई पनि सामाजिक सञ्जालबाट नैतिकता र शिष्टाचारविरोधी, घृणा र द्वेष फैलाउने काम भइरहेको भन्दै चुम्लुङले सोको घोर निन्दा गरेको छ ।

चुम्लुङले कार्यदलले सार्वजनिक गरेको प्रतिवेदन पढ्दैनपढी संस्था र व्यक्तिहरुप्रति अतिपूर्वाग्रह राखी भ्रमपूर्ण टिकाटिप्पणी गर्ने र लिपि जलाउने काम गरिएकोलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

स्मरण रहाेस्, चुम्लुङले २०५० सालदेखि नै औपचारिक रुपमा ‘किरात सिरिजङ्गा लिपि’ भनेर प्रयोग गर्दै आएको थियो ।

हाल सोही नाम राखेर नेपालमा बोलिने करिब तीन दर्जन किराती भाषाहरु लेखन गर्न सकिने गरी लिपि समायोजन गरिएपछि लिपिको नाम परिवर्तन गरिएको, लिपि तोडमोड गरिएको लगायत आरोप लगाउँदै विरोध गरिएको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

3 COMMENTS

  1. चुम्लुड.का अध्यक्ष ज्यु , के नेपालमा राई लिम्बु, याक्खा र सुनुवार भनिने चार किरातीबाहेक अरु किरातीहरु छँदै छैनन् ? छैनन् भने ठीकै छ । यदि छन् भने किन उनीहरुलाई वेवास्ता गरेर कथित् ”राई !” जातिको संस्था भनिनेहरुको मात्रै कुरो सुनेर उनीहरुले डोर्याएको बाटो मात्रै हिँड्नु हुन्छ ? चित्त बुभ्mदो सत्यतथ्यसहितको जवाफ चाहियो, हजुर ?!…….

  2. योगराज जि एउटा सस्थाको अध्यक्ष ले सिङ्गो लिम्बू समुदाय मा राणा हरुले कानुन लाए जस्तो लगाउने तपाईं को हो .? सिरिजगा लिपि लाई यथावत राख्न तमाम याक्थुङ लिम्बू हरुु एक भई सके तपाईं हरु जस्ता २,४ जना गद्द्दार हरुले गर्दा भोलि रगतको खोला बग्न बेर छैन लिम्बू लिम्बू समुदाय मा त्यति बेला जिम्मेवार लिन सक्नु परो यो ख्याल ठट्टा हैन

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्