बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक

बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ ।

गत २७ सेप्टेम्बरमा ७३ जना यात्रु चढेको विमान दुई घण्टासम्म आकाशमै फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले उनलाई विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमान दुर्घटना हुनबाट जोगिए पनि के कारणले विमानको पाङ्ग्रा नखुलेको र त्यसमा पाइलटको भूमिकाबारे अनुसन्धान भइरहेको छ ।

उनलाई छानबिन अवधिभर विमान चलाउन रोक लगाइएको हाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्