लिपुलेक र कालापानीमा फिल्डमै पुगेर जनगणना गरिने

तत्थ्याङ्क विभागले भारतसँग सीमा जाेडिएकाे दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै जनगणना गर्ने भएकाे छ ।

विभागले व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना फिल्डमै पुगेर गर्न लागेकाे जनाएकाे हाे ।

यस अघिकाे तत्थ्याङ्कमा सात सय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान गरिएकाे छ ।

मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढाइएकाे विभागका तत्थ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने बताए ।

कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरे पनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कूटनैतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने विभागले जनाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्