पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित छ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित छ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध शुक्रबार विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरेको हाे ।

यसैगरी, आयोगले उनीहरुसँग दुई लाख ६० हजार नौ सय रुपैयाँ बिगो मागदाबी गरेकाे छ ।

आयोगमा प्रवक्ता नारायणप्रसाद रिसालले उनीहरुले आर्थिक वर्ष २०७५–०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालन गरे भन्दा दुई लाख ६० हजार नौ सय रुपैयाँ बढी रकम भुक्तानी गरेको पुष्टि भएकाे बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्