भोजपुरस्थित भोजपुर नगरपालिका वडा नं १० भैसीपङ्खाका ४७ वर्षीय भलमान राईलाई ५ लाख ६४ हजार ७३२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
आर्थिक अवस्था कमजोर रहेका उनी प्यारालाइसिस, मुटु, फोक्सो र ब्रेनट्युमरका रोगी हुन् ।
उनको उपचारमा सहयोग गर्न बलिराज खम्बूको संयोजकत्वमा ‘भलमान राई बचाऔं अभियान’ समिति गठन गरी आर्थिक संकलन गरिएको थियो ।
असोज १५ गते काठमाडौंको चावहिलस्थित सत्कार क्याफेमा एक कार्यक्रमको आयोजना गरी भलमान राईकी छोरी विपना राईलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा सहयोग गर्नेहरुको नामावली वाचन गरिएको थियो ।
राईलाई सहयोग प्रदान गरेसँगै भलमान राई बचाऔं अभियान समिति विघटन गरिएको छ ।