काठमाडौंमा मनाइयो ‘१५२औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रि अहिंसा दिवस’

महात्मा गान्धीको १५२ औं जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस शनिबार काठमाडौंको धुम्बाराहीमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

महात्मा गान्धी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा संकट व्यवस्थापन अध्ययन संस्थान (आईसीएमएस) समर्पण एकेडेमीमा ‘स्वराज्य र मेलमिलाप नेपालको सन्दर्भ’ विषयक गोष्ठी गरेर उक्त दिवस मनाइएको हो ।

पूर्वमन्त्री गणेश साह प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा एकेडेमीका अध्यक्ष डा. राम थपलिया कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले विचार व्यक्त गरेका थिए ।

प्रमुख अतिथि साहले महात्मा गान्धीको जीवनशैली तथा महत्वपूर्ण भनाइहरुलाई बोलीचालीमा धेरै व्यक्त गरिए पनि व्यवहारमा उतार्न नसकिएको बताए ।

कार्यक्रमलाई महात्मा गान्धी स्मृति प्रतिष्ठान नेपाल सभापति अर्जुन थापाले सहजीकरण गरेका थिए । जसमा विभिन्न क्षेत्रका व्यक्तिहरुका साथै एकेडेमीका विद्यार्थीहरु समेत सहभागी भएका थिए ।

कार्यक्रमका सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्