खाेटाङका १८ स्थानमा टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन

खाेटाङमा १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ ।

जिल्लाकाे दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा विभिन्न १८ स्थानमा टावर सञ्चालनमा ल्याएको हो ।

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए ।

टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको । जसमा पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको हाे ।

निर्माणाधीन अवस्थामा रहेका बाँकी दश वटा पनि चाँडै सञ्चालन गरिने छ ।

दोस्रो चरणमा तिहार लगत्तै बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफान टावर सञ्चालन गरिने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्