नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगी आरोपमा साेमबार पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो ।
तामाङमाथि तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोप छ ।
सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।