गाई-गोरुको मासु खान पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले देशकाे राजधानी तथा प्रमुख प्रशासन केन्द्र सिंहदरबार नजिकै रहेकाे माइतीघर मण्डलामा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेकाे छ ।

बुधबार समितिकाे अगुवाइमा सडकमा उत्रिएका युवाहरुले ‘आमा मान्नेले दुध मात्रै खालान्, हामी गाईको मासु पनि खान्छौं’, ‘हाम्रो बुबुबाजेले खाए, हाम्रा बाउ बाजे खाए, त्यसपछि उनीहरु र हामीलाई जेल हाल्ने कानुन बनाए’, ‘गाई काट्यो भन्दैमा जेल हाल्छ, गोरु काट्यो भन्दैमा जेल हाल्छ, जतीय विभेद उही गर्छ तर सदभाव हामीले विगार्यौ भन्छ’ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

संघर्ष समितिले गाई–गोरु बध गरेमा तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन् नगरेको जनाएकाे छ ।

समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धर्मनिरपेक्षता (षड्यन्त्रपूर्ण सनातनी धर्म रक्षाको नाममा) को धज्जी उडाउँदै यो विभेदकारी सत्ताले आज पनि आदिवासी-जनजाति, दलित, मुस्लिम र सीमान्तीकृत उत्पीडित समुदायमाथि पटक–पटक विभेदकारी कानुन लादेर जेलनेल, धरपकड, हत्या र बर्बर दमन जारी छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्