साकेला गाउँपालिकामा शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण

खाेटाङकाे साकेला गाउँपालिकाले शिविर सञ्चालन गरी गाउँपालिकाभित्रका लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता वितरण गरेकाे छ ।

गाउँपालिकाले नेपाल एसबीआइ बैंकसँग समन्वय गरी पाँचवटै वडामा सामाजिक सुरक्षाभत्ता वितरणका लागि शिविर सञ्चालन गरेकाे हाे ।

गत असाेज १७ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएकाे शिविरबाट ४७२ जना लाभग्राहीले उनीहरुकै वडाबाट सामाजिक सुरक्षाभत्ता पाएका छन् ।

गाउँपालिकाका अनुसार वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, वडा नं ४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ र वडा नं ५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् ।

कर्मचारीहरुमार्फत भत्ता वितरण गर्दा व्यापक अनियमितता भएपछि सरकारले पछिल्लाे समय अनियमितता राेक्न बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्ने व्यवस्था गरेकाे हाे ।

तर, बैंकबाट भत्ता वितरण गर्दा ग्रामीण क्षेत्रका लाभग्राहीहरुलाई बैंकसम्म पुग्न असहज भएपछि गाउँपालिकाले वडा वडामै शिविर सञ्चालन गरी भत्ता वितरण गरेकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्