ताप्लेजुङको मुक्कुमलुङमा लिम्बु समुदायको सांस्कृतिक बाजा च्याब्रुङ (केः) सहितको स्तम्भ निर्माण गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा मुक्कुमलुङ केलाङ निङ्वासो पार्कमा तीन वर्ष लगाएर उक्त स्तम्भ निर्माण गरिएको हो ।
चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम यक्तेनले असोज २५ गते एक कार्यक्रमका बीच स्तम्भको अनावरण गरेका हुन् ।
सो अवसरमा लिम्बु कलाकारहरुले केःलाङ पनि प्रस्तुत गरेका थिए ।